कोल्हबी :- नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) बारा क्षेत्र न.१ को निर्वाचन क्षेत्र स्तरीय ३ महिने वडा केन्द्रित अभियान अभिमुखिकरण कार्यक्रम नेकपा एमाले क्षेत्रीय संयोजक तथा निवर्तमान मेयर भरत बहादुर भण्डारीको सभापतित्वमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ।
”दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ,
जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ । ” भन्ने मुल नाराको साथ शनिबार बाराको कोल्हबी बजारमा स्थित तामागढी पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनाली, पुरुषोत्तम पौडेल, कोल्हबी नगरपालिकाका पुर्व मेयर भरत बहादुर भण्डारी, कोल्हबी न. पा. वडा न.६ का पुर्व अध्यक्ष पुरनदेव चौधरी, पुर्व शिक्षक केवल चौधरी, समाजसेवी गोबिन्द पौडेल, हरिनारायण चौधरी, ज्ञानु के सि, नन्देश्वर चौधरी लगायत सयौं अग्रज कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे।
पार्टीको बारेमा वर्णन गर्दै पोलिटब्युरो सदस्य मैनालीले आफ्नो पार्टी ठूलो दल हो भनेर मख्ख परेर न बस्न र गाउँघरमा हाम्रो पार्टी प्रती आमजनताको धारणा बुझ्न सम्पुर्ण कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
अभिमुखिकरण कार्यक्रममा पार्टीको गतिविधि तथा अवस्था बुझ्न निजगढ, बारागढी लगायत अन्य पालिका र गाउँका कर्याकर्ताहरुको पांच वटा समूह बनाई रिपोर्टिङको माध्यमबाट आ- आफ्नो टोलको बिकास र पछिल्लो तथा वर्तमान अवस्था बारे प्रष्ट पारिएको थियोे ।
कार्यक्रमको स्वागत मन्तव्य नेकपा एमाले कोल्हबी नगर अध्यक्ष पुरनदेव चौधरीले गर्नुभयो भने कार्यक्रमलाई रामजी वजगाइले सहजीकरण गर्नुभएको थियो।
